दाङ। दाङमा टिकटक बनाउने क्रममा झुलुंगे पुलबाट खसेर गम्भीर घाइते भएका युवकको ज्यान गएको छ । सोमबार बिहान साढे ७ बजेतिर कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा उनको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिव बहादुर सिंहले जानकारी दिए ।
शनिबार दिउँसो दुई बजेतिर बबई वडा नं. ५ पुरन्धारा छहरा नजिक रहेको झुलुंगे पुलबाट टिकटक बनाउने क्रममा खसेका थिए । ज्यान जाने तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ बिजौरी निवासी २४ वर्षिय रमेश थापा रहेका छन् ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस