प्रचण्डको कार्यकारी अधिकार बदर गर्ने ओली पक्षकाे निर्णय


पुष ०, २०७७


काठमाण्डाै । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी शर्मा ओली पक्षले पुष्पकमल दाहाल प्रचण्डको कार्यकारी अधिकार बदर गर्ने निर्णय गरेको छ ।

ad

ओली पक्षकाे केन्द्रीय कमिटीको बिहीबारकाे बैठकले प्रचण्डलाई यसअघिको स्थायी कमिटी र केन्द्रीय कमिटीले दिएको कार्यकारी अध्यक्षको अधिकार बदर गर्ने निर्णय गरेको हो ।

ad

प्रचण्डलाई अध्यक्षबाट नहटाइएको तर कार्यकारी अधिकारको दुरुपयोग गरेकाले अधिकार भने बदर गरिएको ओली पक्षका नेताहरूले बताएका छन् । ओली पक्षले ओलीको मात्रै हस्ताक्षर चल्ने गरी निर्णय गरेर निर्वाचन आयोगमा पत्र पठाइसकेको छ ।

यसैबीच ओली पक्षले विभिन्न प्रदेश र सङ्गठनमा संयोजक नियुक्त गरेको छ । ओली पक्षले प्रदेश १ को संयोजकमा सुवास नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, वाग्मती प्रदेशमा ईश्वर पोखरेल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शङ्कर पोखरेल, कर्णालीमा मणि थापा र सुदूरपश्चिममा लेखराज भट्टलाई संयोजक तोकेको छ ।

यस्तै जनवर्गीय सङ्गठनमा टोपबहादुर रायमाझी र काठमाण्डौ उपत्यकामा कृष्णगोपाल श्रेष्ठलाई अ‍ोली पक्षले संयोजक तोकेको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="