दाङ। कपिल लामिछाने तुलसीपुर-९ आज एक कार्यक्रमका बिच अस्थायी प्रहरी पोष्ट गोठिखोलाको सहकार्य एवम् श्री आधारभूत बिद्यालय गोठिखोलाको सहयोगमा तुलसीपुर उपमहानगरपालिका वडा नं ८ गोठिखोलाको अस्थायी प्रहरी पोष्ट नजिकै सवारी दुर्घटना न्यूनिकरणका लागी सचेतनामूलक बोर्ड राखिएको छ ।
दाङमा सडक दुर्घटना न्यूनिकरणका लागी ट्राफिकको भूमिका र सवारी दुर्घटनालाई रोक्नका लागि अब के कस्ता कदम चाल्ने भन्ने बिषयमा समेत उक्त कार्यक्रममा छलफल गरिएको थियो । जिल्ला ट्राफिक कार्यालय दाङले प्रहरी निकायहरु सँग समन्वय गर्दै ट्राफिक सचेतना बोर्डहरु बिस्तार गर्दै आईरहेको छ । पछिल्लो समयमा दाङमा दुर्घटनाका घटनाहरुमा बृद्धि भए सँगै अब कसरी न्यूनिकरण गर्ने भन्ने कुरा ट्राफिक प्रहरीहरुको लागी चूनौतीको बिषय बनेको उक्त कार्यक्रममा बोल्दै जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख थम्मन बहादुर जि.सी.ले अबको पाटो भनेकै सवारी चालकहरुलाई सचेतना बाढ्दै ट्राफिक र चालकहरुको सहयोगमा सवारी दुर्घटना न्यूनिकरण गर्नु प्रमुख दायित्व रहेको बताउनुभयो ।
कार्यक्रममा श्री आधारभूत बिद्यालय गोठिखोलाका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चेतमान सेजवाल, अस्थायी प्रहरी पोष्टका प्रमुख बालाराम नेपाली लगाएतले आ-आफ्नो धारणा राख्नुभएको थियो ।
प्रहरी पोष्ट गोठिखोलाका ईन्चार्ज बालाराम नेपालीको अध्यक्षता एवम् जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख थम्मन बहादुर जि.सी. को प्रमुख आथित्यतामा भएको कार्यक्रमको सहजिकरण टेकराज केसीले गर्नुभएको थियो ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस