दाङ। बसको छतबाट सामान झार्ने क्रममा करेन्ट लाग्दा दाङका एक युवाको ज्यान गएको छ । सल्यान छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ लेखपोखरा नजिकैँ बसको छत वाट सामान झार्ने क्रममा करेन्ट लागेर दाङको दंगीदरण गाउँपालिका वडा नम्बर ३ निवासी २१ बर्षिय गाडी सहचालक राजेश डाँगीको ज्यान गएको हो ।
तुलसीपुरबाट सल्यानको छत्रेश्वरी २ दहखोलाका लागि छुटेको ना ८ ख २९६२ नम्बरको बसको छतबाट सामान निकाल्ने क्रममा आज अपरान्ह ४ वजेतिर करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस