तुलसीपुरमा कोभिड-१९ को असर कम भए लगत्तै काममा फर्किए श्रमिकहरु


पुष १५, २०७७


दाङ। कपिल लामिछाने – USAID को आर्थिक सहयोग तयार नेपाल, तुलसीपुर उपमहानगरपालिका तथा उद्योग बाणिज्य संघ तुलसीपुरको आयोजनामा आजबाट तुलसीपुर उपमहानगरपालिका वडा नं १८ मा १८(अठार) दिने वाल निर्माणको काम सुरु भएको छ ।
कोभिड१९ कोरोना भाईरसका कारण लामो समयदेखि कामकाज बन्द भएपछि मजदुरहरुको दैनिक गुजारामा धौ,धौ भएको थियो । यहीँ कुरालाई मध्येनजर गर्दै अबदेखि कामहरुलाई यसैगरि निरन्तरता दिने कुरा कार्यक्रममा बोल्ने बक्ताहरुको बताएका थिए । कार्यक्रममा उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष बिमल रिजालले स्वास्थ्य सुरक्षाका सम्पुर्ण मापदण्ड अपनाउदै रोजगारीको सिर्जना गरिएको बताउनुभयो साथै उहाँले यसरी समन्वय गर्दै अघि बढ्न सकेमा सारा मजदुरहरुका दुःखमा सहयोगी बन्न सकिने भन्दै यस बिषयमा स्थानीय सरकारले बिशेष चासो दिएर नै अहिले हामीहरु प्रत्येक वडामा सोही वडाका वडाबासीहरुलाई काममा लगाई उनिहरुलाई आर्थिक रुपमा बलियो बनाउन खोजिरहेका छौँ बताउनुभयो । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का वडा अध्यक्ष माधव वलीले यस कार्यक्रमले यस वडाका सम्पुर्ण मजदुरहरुको प्रतिनिधित्व गरेको भन्दै आगामी दिनहरुमा वडाबासीहरुको माग अनुरुप यी र यस्तै खालका कार्यक्रमहरु ल्याइ समुन्नत समाजको निर्माणमा अघि बढ्दै जाने बताउनुभयो, साथै उहाँले यस कार्यक्रमबाट श्रमिकहरुको बिमा सुरक्षित भएकोले पनि यो कार्यक्रम प्रभावकारी भएको कुरा उल्लेख गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउदै काम गर्न सबै श्रमीकहरुलाई शुभकामना अनि बधाई दिनुभयो । कार्यक्रममा उद्योग बाणिज्य संघका उपाध्यक्ष मिनराज भण्डारी, तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का वडा सचिव रामकुमारी मरासिनी लगाएतले बोल्नुभएको थियो । यस कार्यक्रमका लागी अहिले २८ जना कामदारहरुले काम गरिरहनुभएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं १८ तथा तुलसीपुर उपमहनगरपालिका आर्थिक बिकास समितिका संयोजक माधव वलीको अध्यक्षता एवम् उद्योग बाणिज्य संघ तुलसीपुरका निवर्तमान अध्यक्ष बिमल रिजालको प्रमुख आथित्यतामा भएको कार्यक्रम उद्योग बाणिज्य संघ तुलसीपुरकि सामाजिक परिचालिका बन्धना खड्काको स्वागत मन्तब्यबाट सुरु भएको थियो भने कार्यक्रमको सहजिकरण उद्योग बाणिज्य संघका सचिव बिलिन केसीले गर्नुभएको थियो ।

ad ad

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="