यमनमा प्रधानमन्त्री लक्षित आक्रमण, कम्तीमा २२ जनाको ज्यान गयो


पुष १६, २०७७


यमनको एउटा विमानस्थलमा भएको आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ । अरु ५० जनाभन्दा धेरै घाइते भएका छन् । 

ad

केही समयअघि गठन भएको सरकारका सदस्यहरू चढेको विमान छिमेकी साउदी अरेबियाबाट आएर अवतरण गरेको केहीबेरमै विस्फोट भएको बीबीसीले जनाएको छ । 

ad

यमनको दक्षिणी भागमा रहेको एडन सहरको विमानस्थलमा भएको विस्फोटमा सहायतामा जुटेकाहरू र अरु अधिकारीहरू रहेको खबरमा उल्लेख छ । यमनका प्रधानमन्त्री मीन अब्दुल मलिक सइदले आफू र मन्त्रिपरिषद् सदस्यहरू सकुशल रहेको बताउनुभएको बीबीसीले जनाएको छ । 

यमनको एउटा समाचार वेबसाइट अल-मस्दरले श्रम मन्त्रालयका उप-सचिव मारिएका र दुई जना उप-मन्त्री घाइते भएका उल्लेख गरेको छ । यमनका सूचना मन्त्रीले हुथी विद्रोहीहरूल विस्फोट गराएको आरोप लगाउनुभएको छ । 

यमन सन् २०१५ देखि द्वन्द्वको चपेटामा छ । यमनमा  द्वन्द्वका कारण एक लाख १० हजारभन्दा धेरैले ज्यान गुमाइसकेका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="