बाबुले आफ्नै घरमा आगो लगाउँदा दुई छोराको मृत्यु


पुष २, २०७७


कालीकोट। कालीकोटमा बाबुले आफ्नै घरमा आगो लगाउँदा दुई छोराको मृत्यु भएको छ । एक छोरा घाइते भएका छन् ।

जिल्लाको नरहरिनाथ गाउँपालिका – ७ दुधेलीस्थित भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा दुई छोराको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहले जानकारी दिए ।

डीएसपी शाहका अनुसार आगोले जलेर मृत्यु हुनेमा उनका १२ वर्षीय छोरा गणेश बटाला र ७ वर्षीय मनबहादुर बटाला रहेका छन् । त्यस्तै अर्का ४ वर्षीय छोरा खगेन्द्र बटाला घाइते भएका छन् । घाइते खगेन्द्रको नरहरिनाथ स्वास्थ्य चौकीमा उपचार भैरहेको छ ।

अत्याधिक मदिरा सेवन गरेका भैरेले घरायसी झगडाका कारण बुधबार बिहान चारबजे बजेतिर आगो लगाएको डीएसपी शाहले बताए ।

उनले घर आगो लगाए लगतै विष सेवन गरेका थिए । उनी गम्भीर अवस्थामा रहेको प्रहरीले जनाएको छ । उनको उपचार भैहरको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="