after_navbar

दाङमा सशस्त्र प्रहरी झुन्डिएको अवस्थामा फेला


माघ ०७, २०७७


दाङ। दाङमा सशस्त्र प्रहरी जवान झुन्डिएको अवस्थामा फेला परेका छन् ।

पूर्वपश्चिम राजमार्ग देखि ५० मिटर उत्तर रहेको लमही नगरपालिका वडा नम्बर ५ को सामुदायिक वन भित्र नुवाकोट निवासी अन्दाजी २९ वर्षिय रमेश लामा तामाङ झुन्डिएको अवस्थामा फेला परेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

ad

वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरिक्षक राजन पौडेलका अनुसार उनी बारा जिल्लाबाट सरूवा भइ सशस्त्र प्रहरी बल नम्बर ४१ अर्जुनखोलामा हाजिर हुन आएका थिए । शवलाई पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको  छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="