after_navbar

भारतमा आज ७२ औं गणतन्त्र दिवस


माघ १३, २०७७


भारतले आज ७२ औं गणतन्त्र दिवसको मनाउँदै छ ।

राजधानी दिल्लीलगायतका ठाउँमा सुरक्षा व्यवस्था कडा पारिएको छ । चोक-चोकमा प्रहरी खटाइएको छ । आज गणतन्त्र दिवसको अवसरमा दिल्लीको राजपथमा परेड हुँदैछ ।

ad

यो परेडपछि किसानले कृषि कानुनको विरोधमा ट्र्याक्टर र्‍याली निकाल्ने तयारी गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । किसानहरुको आन्दोलनलाई मध्यनजर गर्दै दिल्लीको सुरक्षा व्यवस्था कडा पारिएको त्यहाँका प्रहरीले बताएका छन् ।

सन् १९४७ जनवरी २६ तारिखमा बेलायतबाट स्वतन्त्र भएपछि भारतले हरेक जनवरी २६ मा स्वतन्त्रता दिवस मनाउँदै आएको छ । भारत बेलायतबाट स्वतन्त्र भए लगत्तै पाकिस्तान भारतबाट अलग्गिएको थियो ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="