दाङ। दाङमा प्रहरीले अबैध सालको काठसहित टेक्टर र चालकलाई पक्राउ गरेको छ ।
अबैध सालको ३३ थान घप्पु करिब ३१दशमल २ क्युफिट काठ पक्राउ गरेको हो । अबैध काठ सहित टेक्टर चालक गढवा गाँउपालिका ६ रामपुर निवासी १८ वर्षीय ईमराहिम पठानलाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सोमबार राति करिब १० बजेतिर गढवा गाउँपालिका ५ कक्रहवा स्थित कोईलाबास देखि गढवा तर्फ आउँदै गरेको रा १ त १३९५ नम्बरको टेक्टरलाई इप्रका गढवा दाङबाट गएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा उक्त टेक्टरमा अबैध काठ फेला परेको थियो ।
पक्राउ परेकालाई अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक राज कुमार भट्टले जानकारी दिनुभयो ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस