तुलसीपुर-१८ ले थाल्यो सुकुम्बासीहरुको निबेदन लिन


माघ २३, २०७७


दाङ, कपिल लामिछाने।
सरकारले भूमिहिन सुकुम्बासीहरुका लागी पुर्जा वितरण गर्ने कार्यलाई निरन्तरता दिँदै प्रत्येक स्थानिय तहहरुलाई लागत संकलनका लागी परिपत्र गरे सँगै तिव्र गतिमा कामहरु सुरु भएका छन् ।

ad

यतिबेला दाङका प्रत्येक नगरपालिका,गाउँपालिका, वडा कार्यालयहरुमा फाराम भर्ने ब्यक्तिहरुको घुँइचो बढिरहेको छ । भुमीहिन दलित,सुकुम्बासी र अब्यबस्थित बसोबासीहरुलाई सरकारले पुर्जा वितरण गर्ने निति ल्याएसँगै बर्षौदेखि भूमिहिन भएका जनताहरुका लागी एउटा नयाँ आसा पलाएको छ ।

ad

शुक्रवार तुलसीपुर उपमहानगरपालिका वडा नं १८ ले पनि लागत संकलन कार्यलाई तिब्र रुपले अघि बढाउदै २९ जना अब्यबस्थित बसोबासीहरु, ३ जना दलित, ३ जना सुकुम्बासी र ३ जना भूमिहिनहरुको गरी ३८ जनाको लागत संकलन गरेको छ ।
बिहान ७ बजेबाट सुरू भएको उक्त लागत संकलन कार्य फागुन २ गतेसम्म सक्ने गरी छिटो छिटो काम भईरहेको वडा अध्यक्ष माधव वलीले जानकारी दिनुभयो ।

प्रत्येक दिन ३ वटा टोलहरुका टोलबासीहरुको काम गर्दै शनिवार समेत कार्यालय खोली कार्य सञ्चालन गर्ने गरि काम अघि बढिरहेको भन्दै वडा अध्यक्ष वलीले सम्पुर्ण टोलबासीहरुलाई छिट्टै पुर्जा वितरण गर्ने कुरा बताउनुभयो । आज धर्मशाला टोल बिकास संस्था र माथिल्लो हेमन्तपुर टोलका टोलबासीहरुको काम भएको भन्दै भोली कोलकाटे टोल र डौडारे टोलका सम्पुर्ण टोलबासीहरुलाई १० बजेदेखि नै काम हुने भएकाले समयमा आई निवेदन दर्ता गर्न हुन अनुरोध समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="