दाङ। दाङमा प्रहरीले ६ केजी बढी लागुपदार्थ अफिमसहित एक जनालाई पक्राउ गरेको छ ।
लागुपदार्थ औषध अफिम आउँदै गरेको गोप्य सूचनाका आधारमा प्रहरी टोलीले घोराही उपमहानगरपालिका–१९ दुईखोजीबाट रोल्पा थवाङ गाउँपालिका–५ निवासी ३८ बर्षीय प्रकाश घर्तिलाई पक्राउ गरेको हो ।
पक्राउ परेको अफिमसहित अभियुक्तलाई प्रहरीले मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो।
रोल्पाबाट लागुपदार्थ औषध भित्रदै गरेको गोप्य सूचनाका आधारमा प्रहरी टोलीले उनलाई सोमवार अफिमसहित पक्राउ गरेको हो जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस