प्रहरी पाेष्टकाे आयाेजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न


फागुन ०५, २०७७


दाङ। बेलझुण्डी अस्थाई प्रहरी पाेष्टकाे अयाेजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ।

तुलसीपुर १७ र १८ का करिब १९ टाेल बिकास संस्थाका टाेल सुरक्षा समितिका संयाेजक तथा प्रतिनिधि हरुकाे उपस्थितिमा भएकाे कार्यक्रममा बेलझुण्डी अस्थाई पाेष्टका प्रमुख टीका कवरले स्थानीय स्थरमा भएका विभिन्न घटना क्रमले सुरक्षामा अझ धेरै जटिलता भएकाले सबैलाई अा-अा्नाे स्थानबाट सक्दाे सहयाेग गरी प्रहरी र स्थानीय बिचकाे सामिप्यता कायम गर्न अनुरोध गर्नुभयाे। मदिरा जन्य काराेबार र उत्पादनमा समेत कडाइ गरी मदिराको कारणले हुने विभिन्न घटना राेक्न सबैले चनाखो भएर लाग्नुपर्नेमा जाेड दिनुभयो ।

कार्यक्रममा तुलसीपुर १८का वडा सदस्य धन बहादुर डाँगीले स्थानीय नलाग्दासम्म स्थानीय स्थरका घटनामा कमि अाउन सक्दैन भन्दै अाफ्नाे गाउँ अाफै बनाउँ काे नारका साथ अघि बड्न सबैमा अनुराेध गर्नुभयो ।
बेलझुण्डी अस्थाई पाेष्टकाे अायाेजनामा भएकाे कार्यक्रममा एकीकृत नमुना टाेल सुरक्षा समिति संयाेजक खुमबहादुर बुढाथोकी ,देबिपुर टाेल सुरक्षा समिति संयाेजक राजन लामिछाने लगाएतले अाफ्नाे टाेलमा सुरक्षा कायम गर्न स्थानीय प्रहरीको बलियो साथकाे अपेक्षा रहेकाे बताउनुभएको थियो कार्यक्रमकाे सञ्चालन बेलझुण्डी प्रहरी पाेष्टका नेत्र बि सी गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="