दाङ। तुलसीपुर उपमहानगरपालिका- १८ कोे भवन लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले उद्घाटन गर्नुभएको छ ।
भवन उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले अवको बिकास सडक पूर्वाधारमा जोड भएकोले गाउँगाउँमा कालोपत्रे हुने वताउनु भयो । प्रदेश सरकार र स्थानिय सरकारले अबको पूर्वाधारनैं सडक सञ्जाल भएकोले यतिवेला गाउँ गाउँमा कालोपत्रे भैरहेका छन् उहाँले थप्नुभयो ।
लामो समय देखि वडा नम्बर १८ भाडाको घरमा बस्दै आएको थियो । वडा अध्यक्ष माधव ओलीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोख्रेलको प्रमुख आतिथ्यता एवम् तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेको विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको हो ।
त्यस अबसरमा विभिन्न ब्यक्ति तथा संघसंस्थालाई सम्मानित गरिएको छ । वडा सदस्य धनबहादुर बस्नेतको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण वडा सचिव रामकुमारी मरासिनीले गर्नुभएको थियो ।
करिब ६९ लाखको लागतमा भवन निर्माण गरिएको वताइएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस