after_navbar

तुलसीपुर खानेपानीलाई निर्वाचन सम्बन्धि कुनै गतिबिधि नगर्न आदेश


फागुन १३, २०७७


दाङ। तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थालाई उच्च अदालत तुलसीपुरले निर्वाचन सम्बन्धि कुनै गतिबिधि नगर्न आदेश गरेको छ ।

संस्थाले साधारणसभा नै नगरि नयाँ नेतृत्व चयन गर्न थालेपछि उच्च अदालत तुलसीपुरले फागुन १६ गतेसम्म निर्वाचन सम्बन्धि कुनै गतिबिधि नगर्न आदेश गरेको हो ।

ad

तुलसीपुर निवासी यमुना शाहले बुधबार दिएको रिटमा विहीबार उच्च अदालत तुलसीपुरका न्यायाधीश रमेशराज पोखरेलको एकल ईजलासले यस्तो आदेश गरेको हो । शाहले खानेपानीका पदाधिकारीलाई विपक्षी बनाई रिट दायर गरेपछि अध्यक्ष, कार्यसमिति, खानेपानी संस्था, निर्वाचन समिति र तुलसीपुरका मेयरलाई समेत अदालतमा छलफलका लागि बोलाएको सूचना अधिकारी भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="