after_navbar

तुलसीपुरमा लागुऔषध सहित एक महिला पक्राउ


फागुन १६, २०७७


दाङ। तुलसीपुरबाट लागुऔषध ओसारपसारको आरोपमा एक महिला पक्राउ परेकी छिन ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ निवासी तुलसा पोखरेल रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रहरीले उनको स्कुटरको डिक्कीमा लागुऔषध राखेको अबस्थामा आईतबार दिउसो पक्राउ गरेको हो। यस विषयमा अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरलका प्रमुख प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताएका छन ।

प्रतिक्रिया दिनुहोस

data-href="