काठमाण्डौ । पुन:स्थापनापछि प्रतिनिधिसभाको पहिलो पहिलो बैठक आज बस्दै छ ।
गएको पुस ५ गते विघटनको घोषणा भएको प्रतिनिधिसभालाई सर्वोच्च अदालतले गएको २३ गते पुनःस्थापना गरिदिएको थियो । संसद पुनःस्थापना भएको १३ दिनभित्र बैठक बोलाउन सर्वोच्चले आदेश दिएकाले आज दिउँसो ४ बजेका लागि बैठक आह्वान गरिएको हो ।
आजको बैठकमा ८ वटा सम्भावित कार्यसूची प्रस्ताव गरिएको छ । यसअघि नै प्रतिनिधिसभाका ३८ र राष्ट्रियसभाका २५ विद्येयक अड्किएर बसेको छ । तर विधेयकहरुमाथि छलफलमा भन्दा सत्ता गठबन्धनको मुद्दाले बैठकमा प्राथमिकता पाउने देखिएको छ ।
यसैबीच, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रुपमा विभाजित भए पनि कानुनी रुपमा अहिलेसम्म विभाजित नभइसकेकाले आजको संसद बैठकमा दुवै समूहका सांसदहरु सत्ता पक्षकै बेन्चमा बस्नेछन् । दल विवादका कारण फरक-फरक ठाउँमा बस्ने भन्ने नहुने संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेको भनाइ छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस