दाङ । दाङमा पानीमा डुबेर एक युवतीको ज्यान गएको छ । ज्यान जानेमा तुलसीपुर उपमहानगरपालिका–४ वनहरी निबासी १७ बर्षकि सृजना बोहरा रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
मंगलबार बिहान घर नजिकै रहेको घट्टे कुलामा नुहाउने क्रममा चिप्लीएर खस्दा उनको ज्यान गएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिनुभयो ।
पानीमा डुबेको अवस्थामा स्थानीयले देखेपछि घर परिवारलाई खबर गरेका थिए । उनको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ११ बजे मृत्यु भएको थियो ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस