after_navbar

तुलसीपुर नेवार समाजको पद हस्तान्तरण


चैत ०४, २०७७


दाङ । नेवार समाज तुलसीपुर दाङको हालै सम्पन्न ११ औं वार्षिक साधारण सभा तथा ८ औं अधिबेशनबाट सर्वसम्मत निर्वाचित कार्यसमितीको एक कार्यक्रमका बिच पद हस्तान्तरण गरिएको छ ।

कार्यक्रमको अध्यक्षता गर्नुभएका निर्वाचन संयोजक डा. अरुण कुमार श्रेष्ठले नवनिर्वाचित अध्यक्ष पुष्कर श्रेष्ठ, उपाध्यक्ष बुद्ध प्रकाश सिंह, महासचिव सुदृष्टि श्रेष्ठ, कोषाध्यक्ष निर्मल सिंह, सचिव तुफानबाबु श्रेष्ठ तथा समाजका सदस्यहरु राजकुमार श्रेष्ठ, मुना श्रेष्ठ, कला श्रेष्ठ, अशोक श्रेष्ठ, बुद्धिप्रकाश श्रेष्ठ, बिना डंगोल, कमली श्रेष्ठ, नरेश कुमार श्रेष्ठ, निम कुमार श्रेष्ठ र दिपक श्रेष्ठलाई प्रमाणपत्र वितरण संगै पदभार ग्रहण गराउनु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी नेवार समाज तुलसीपुरका संस्थापक अध्यक्ष खिम नारायण श्रेष्ठले नेवारी परम्परा, कला र संस्कृतिलाई जगेर्ना गर्न र यो क्षेत्रमा संस्थाको छवीलाई उच्च बनाउन नयाँ कार्यसमिती थप उर्जा लिएर अगाडि बढ्नु पर्नेमा जोड दिनु भयो । समाजका पूर्व अध्यक्ष बिनोद कुमार श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा निवर्तमान अध्यक्ष नरेश कुमार राजभण्डारीले आफ्नो कार्यकाल सफल बनाउन सहयोग पुर्याउनु हुने कार्यसमिती पदाधिकारी र सदस्यहरु, पूर्व अध्यक्ष, सल्लाहकार तथा समाजमा आवद्द सम्पूर्ण सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

कार्यक्रममा समाजका सल्लाहकार उत्तम कुमार श्रेष्ठ, अनुप कुमार श्रेष्ठ, नेवा मिसा दवुकी अध्यक्ष रिना श्रेष्ठ लगायतले नयाँ कार्यसमितीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनु भएको थियो । समाजका सचिब तुफानबाबु श्रेष्ठले सहजिकरण गर्नु भएको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष पुष्कर श्रेष्ठले आफ्नो भावी योजनाको बारेमा संक्षिप्तमा प्रकाश पार्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

data-href="