दाङकि मृगौला पिडित संगितालाई कोरियामा सहयोग जुट्दै ।


चैत ०, २०७७


राजेश वली, दक्षिण कोरिया
दुबै मृगौलामा समस्या देखापरेकि संगिता शर्माको उपचाका लागि दक्षिण कोरियामा सहयोग उठाउन लागिएको छ ।

दाँङको ववई गाऊपालीका २ सीतापुर निवासी शालिकराम शर्माको छोरी संगिता शर्माको दुवै मृगौलामा समस्या देखीएपछि नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार गराउदा पनि अझै निको हुन सकेको छैन् । पारिवारिक अबस्था निम्न भएका शर्माले छोरिको उपचारका लागि भएको सबै सम्पति, जेथा सक्दा समेत सुधार भएको छैन् । पैसाको अभाबमा छोरीको उपचार गराउन नसक्दा पिरले थिच्रिका शर्माले यतिबेला छोरी बचाईदिन देश तथा बिदेशमा गुहार मागिरहेका छन् । यसै बिच संगिता बचाउ अभियान मार्फत कोरियामा सहयोग उठाउन लागिएको दाङ हापुरे घर भै हाल कोरियामा रहनु भएका मेघराज पौडेलले जानकारी दिनुभयो ।

आस्था मल्ल, सुक थापा, जित्न्द्र महता, दिलमोहन पुन, लक्ष्मण दाहाल, अमृत के. सी, भजिन्द्र क्षेत्री, पिताम्वर रिजाल, कान्छा लिम्व, मेघराज पौडेल र पोषण भुसाल संगिता बचाउ अभियानको अभियान्ता रहनुभएको छ । साथै सहयोग गरिदिनुहुन अभियान्ताले सम्पुर्ण नेपालीलाई अनुरोध समेत गर्नुभएको छ । सहयोग गर्नको लागि कोरियाको आइबिके बैंकमा मेघराज पौडेलको नाममा रहेको खाता नं ३१२०९१६२५०१०११ पठाएर सिलिप पठाउन समेत आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="