after_navbar

बालिकालाई बन्धक बनाएर जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ


चैत १०, २०७७


रुकुम। रुकुम पूर्वमा दुई बालिकालाई अपहरण गरी बन्धक बनाएर जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रुकुम पूर्व सिस्ने गाउँपालिका वडा नं। ६ सिप्रिदह बस्ने २३ वर्षीय नारायण श्रेष्ठ र १४ वर्षीय अर्का एक जना रहेका छन् ।

साथै बन्धक बनाएर राखिएका २ जना बालिकालाईसमेत प्रहरीले उद्धार गरेको लुम्बिनी प्रदेश प्रहरी कर्यालय तुलसीपुरले जनाएको छ । ति दुई जना युवाले जिल्ला अस्पताल रुकुम पूर्वको कार्यालय परिसरमा रहेको भवनको एक काठामा दुई बालिकालाई बन्धक बनाएर राखेका थिए । उक्त कोठामा पक्राउ परेका श्रेष्ठ बस्ने गरेको प्रहरीले जनाएको छ।

बालिकालाई बन्धक बनाई राखी जबरजस्ती करणी गरी राखेको भन्ने विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वबाट गएको प्रहरी टोलीले सोमबार उनीहरुलाई पक्राउ गरेको हो । चैत १ गते गाउँबाट अपहरण गरी चैत ८ गते सम्म कोठामा बन्धक बनाएर जबरजस्ती करणी गरेको जनाइएको छ।

पक्राउ परेका दुई जनाहरू विरुद्ध अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणीमा मुद्दा दर्ता गरी घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="