दाङ। तुलसीपुरमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिआर परिक्षणमा तुलसीपुरका २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको तुलसीपुरका जनस्वास्थ्य निरीक्षक बिमल केसीले जानकारी दिनुभएको छ । संक्रमित तुलसीपुर ४ र १७ का महिला रहेका छन् । उनिहरुको बसाइँ भने घोराही रहेको छ ।
यो संगै तुलसीपुरमा हाल सम्म कोरोना संक्रमित हुनेको संख्या ८२२ पुगेको छ ।
पछिल्नो समय तुलसीपुरमा कोरोना संक्रमण देखीएको थिएन । फेरी कोरोना संक्रमित थपिन थालेपछि सुरक्षा सावधानी अपनाउन आग्रह गरिएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस