दाङ । यातायात मजदुर संगठनले दाङमा आह्वान गरेको अनिश्चितकालिन सार्वजनिक यातायात बन्द फिर्ता भएको छ ।
यातायात मजदुर, यातायात व्यवसायी बिच ६ बुंदे लिखित सहमति गरी बन्द खुल्ने भएको छ । यातायात मजदुर, यातायात व्यवसायी र स्थानीय प्रशासनबीच बैठक बसी मंगलबार दिउँसो १ बजेदेखि फिर्ता हुने भएको हो । बैठक प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलको अध्यक्षतामा बैठक बसको थियो ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस