body1

दाङमा बायु प्रदुषण खतराको विन्दुमा


चैत २३, २०७७


दाङ पछिल्लो समय दाङसहित देशैभरि वायु प्रदूषण बढ्दै गएको छ ।वायु प्रदूषणबारे मापन गर्ने आईक्यू एयर डट कमको वेबसाइटमा दाङको बायु प्रदुषणको मात्रा (एयर क्वालिटी इन्डेक्स-एक्यूआई) एक सय ६२ पुगेको छ । वितेको दुई दिनमा दाङमा प्रदुषणको मात्रा एक्यूआई ७९ बाट बढेर एक सय ६२ पुगेको देखाएको छ ।

ad

सामान्यत एक्यूआई ५० भन्दा कम हुनुलाई राम्रो वायु मानिन्छ । अधिकांश ठाउँमा तुवालो लागेजस्तो भई वातावरण धमिलो देखिएको छ । आजको वायु प्रदूषणमा पनि आँखा पिरो हुने समस्या देखिएको छ ।

ad

नेपालको सबैभन्दा धेरै धनगढीमा वायु प्रदूषणको मात्रा ४२९ एक्युआईसम्म पुगेको छ । त्यस्तै चितवनको सौराहामा ३०८, भरतपुरमा २८३, सिमरामा २६०, काठमाडौंको २२३ एक्युआई रहेको छ ।

ad

वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले डढेलोका कारण वायूमा अधिक प्रदूषणको मात्रामा भेटिएको बताउनुभयो । यता दाङमा पनि अहिले वन क्षेत्रमा डढेलो व्यापक मात्रामा लागेको छ । 

ad

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="