बेलझुण्डी क्षेत्र बिकास समितिको ७ औं साधारणसभा सम्पन्न


चैत २५, २०७७


दाङ । बेलझुण्डीमा रहेको बेलझुण्डी क्षेत्र बिकास समितिको ७ औं साधारणसभा तथा अधिवेशन सम्पन्न भएकाे छ ।

ad

नेपाल संस्कृत विश्वविद्यालयका उप कुलपति प्रा. डा. यादव प्रकाश लामिछानेको प्रमुख आतिथ्यता एवम् नेपाल संस्कृत विश्वविद्यालयका कुल सचिव माधब अधिकारीकाे बिशिस्ट आतिथ्यमा भएकाे कार्यक्रममा विश्वविद्यालय र यसका भाबि याेजनाका बारेमा उप कुलपति लामिछाने र कुल सचिव अधिकारीले प्रस्ट पार्नुभएकाे थियोे ।

ad

कार्यक्रममा तुलसीपुर १८ का वडा सदस्य धनबहादुर बस्नेत र वडा नं १७ का वडा सदस्य मदनबहादुर बस्नेतले विश्वविद्यालयको अहिलेकाे सबैभन्दा ठुलो चुनाैती जग्गा ब्यबस्थापन रहेकाे बताउनुभयो । कार्यक्रममा धर्मबहादुर बैरागी, डम्बरबहादुर बुढाथोकी लगायतले बाेल्नुभएकाे थियाे । साेही कार्यक्रमको बन्द सत्रले चन्द्रबहादुर वलीकाे अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेकाे छ । जसकाे उपाध्यक्षमा डम्बरबहादुर बुढाथोकी, सचिवमा लालबहादुर डाँगी, काेषाध्यक्षमा राजन लामिछाने, सह सचिवमा कृष्णबहादुर के.सी. र सदस्यहरूमा हिमबहादुर चाैधरी, बिजुला परियार, सर्मिला बि.क. र कर्णबहादुर नेपाली चयन हुनुभएको छ ।

नेपाल संस्कृत विश्वविद्यालय र स्थानीय बिच पुलको रुपमा काम गर्दै बिगत २०६४ सालदेखि समितिले कार्य गर्दै आएकाे समितिका अध्यक्ष चन्द्रबहादुर वलीले जानकारी दिनुभयो । कार्यक्रमको सहजीकरण समितिका सचिव लालबहादुर डाँगीले गर्नुभएको थियोे ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="