महासंघ निर्वाचन: दाङमा २६३ मत खस्यो


चैत २५, २०७७


दाङ। नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि दाङमा २ सय बढि मत खसेको छ । विहान ९ बजे देखि सुरु भएको मतदानमा २६३ मत खसेको निवार्चन समिती दाङका संयोजक सुदिप गौतमले जानकारी दिए । दाङ पत्रकार महासंघमा मतदाताको संख्या २७६ छ । पत्रकार महासंघ दाङमा पहिलो मतदान केन्द्रिय अध्यक्ष पदका उम्मेद्धार विपुल पोख्रेलले गरेका थिए ।

निवार्चनमा मतदाताहरुको उत्साजनक सहभागिता रहेको निवार्चन समितीले बताएको छ । दाङमा नेतृत्वका लागि दुई समुह चुनावी मैदानमा उत्रिएको छ । प्रेस चौतारीबाट दुर्गालाल केसी र प्रेस युनियन र सेन्टरको सर्मथनमा लक्ष्मी आचार्यबीच कडा प्रतिस्पर्धा छ । मत गणना भोली बिहान ८ बजे देखी सुरु हुने संयोजक गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="