काठमाण्डाै । पछिल्लो २४ घण्टामा ४ सय ९६ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । ४ हजार ३ सय ७८ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ९६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यस्तै ७ सय २७ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनामा काेराेना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणबाट १३ जनाको ज्यान गएको छ । योसँगै काेराेनाका कारण ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ५३ मा पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै गएको २४ घण्टामा १ सय ३८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस