बैशाख महिनाभर सहरी क्षेत्रका विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय


बैशाख ०४, २०७८


काठमाडौं :  कोभिड– १९ व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सहरी क्षेत्रका विद्यालयहरु आगामी बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।सिंहदरबारमा शनिबार बसेको बैठकले बैशाख मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णयसँगै मन्त्रिपरिषद्लाई सिफारिस गरेको जनाइएको छ । अन्य स्थानको हकमा भने प्रदेश र स्थानीय तहले निर्णय गरेअनुसार हुने बैठकले निर्णय गरेको पनि जनाइएको छ ।सीसीएमसीको निर्णय मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि लागू हुनेछ । साथै, कोरोनाको फैँलदो संक्रमणलाई मध्यनजर गर्दै सीसीएमसीले जनस्वास्थ्यसम्बन्धी नयाँ मापदण्ड पनि जारी गर्ने भएको जनाइएको छ ।

ad

केही दिनअघि मन्त्रालयले विद्यालय बन्द गर्न सुझाव दिइसकेको छ भने काठमाडौं महानगरपालिकाले पनि कोरोना संक्रमण देखिएका विद्यालयहरु एक हप्ताका लागि बन्द गर्न निर्देशन दिइसकेको छ ।साथै, पछिल्लो समय उपत्यका तथा सहरी क्षेत्रमा रहेका बालबालिकामा कोरोना संक्रमण देखिन थालेको मन्त्रालयले जनाएको छ । साथै, विद्यालय बन्द गरेर कोरोना संक्रमण रोकथाम गर्ने विषयमा शनिबारको बैठकले आगामी बैशाख मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।मन्त्रालयले यसअघि नै १४ जिल्लाका विद्यालयमा नजान आग्रह गरिसकेको छ । मन्त्रालयले काठमाडौं, ललितपुर, कास्की, रूपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको छ ।

ad

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="