दाङ । दाङमा प्रहरीले लेनदेन मुद्दामा फरार एक महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १४ की ३१ बर्षीया धनमाया बुढा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनलाई दाङ देउखुरी जिल्ला अदालतले २०७६ कात्तिक ६ गते २ बर्ष कैद सजाय तोकेको थियो ।
अदालतको फैसला पछि फरार रहेकी बुढालाई यही बैशाख ६ गते सोमवार दिउँसो साढे ४ बजेतिर घोराही १४ मिलनचोक स्थित आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेका जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए । बुढालाई मंगलवार अदालतमा बुझाएको उनले जानकारी दिए ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस