दाङमा १ हप्ता लकडाउन थप


बैशाख २४, २०७८


दाङ । कोरोना माहामारीको संक्रमण तिव्र गतिमा फैलिएको भन्दै दाङमा १ हप्ता लकडाउन थपिने निर्णय भएको छ ।

प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलको अध्यक्षतामा शुक्रवार घोराहीमा बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले हाल जारी लकडाउनलाई आउदो जेठ १ गते सम्म लम्ब्याउने निर्णय गरेको हो ।

यस अघि गएको बैशाख १७ गते विहान ६ बजेदेखी २५ गते बेलुकी ६ बजे सम्मका लागि लकडाउन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="