तुलसीपुर मेट्रो हस्पिटललाई थप व्यवस्थीत बनाउन छलफल


जेठ १७, २०७८


दाङ। तुलसीपुर मेट्रो हस्पिटललाई थप व्यवस्थीत बनाउनका लागि छलफल भएको छ ।

ad

ad

उपचार सेवालाई थप प्रभावकारी बनाउनका लागि दक्षजनशक्ति, अत्याधुनिक ल्यावको व्यवस्थापन र आगामी योजनाका विषयमा छलफल भएको हो ।

चिकित्सक र स्वास्थ्यकर्मी सहितको सहभागितामा गरिएको छलफलमा कोरोना महामारीका विरुद्ध लड्दा भोग्नु परेको समस्या, चुनौति र यसको समाधानको विषयमा पनि छलफल गरिएको थियो ।

तुलसीपुर उपमहानगरपालिकाले भिमसेन शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र अन्तर्गत संचालनमा ल्याएको मेट्रो हस्पिटलमा अहिले ५० बेडको अक्सिजन सहितको कोरोना आइसोलेसन संचालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="