दाङ। दाङमा थप २३८ जना कोरोना संक्रमित निको भएका छन् ।
मंगलवार निको हुनेमा घोराहीका १०५ जना, तुलसीपुरका ९८ जना, लमहीका ११ जना, गढवाका २ जना, राप्तीका ५ जना, शान्तीनगरका ८ जना, दंगीशरणका ७ जना, बबईका २ जना रहेको जिल्ला आपतकालिन कार्य सन्चालन केन्द्र घोराहीले जनाएको छ । यो संगै हाल सम्म निको हुनेको संख्या ६०८२ पुगेको केन्द्रले जनाएको छ ।
दाङमा मंगलवार थप ३८ जनामा कोरोना पुष्टि भएको छ । संक्रमित हुनेमा घोराहीका १२ जना, तुलसीपुरका ११ जना, लमहीमा ४ जना, राप्तीका ६ जना, शान्तीनगरका २ जना, दंगीशरणका २ जना र बबईका १ जना रहेका छन् । यो संगै जिल्लामा बैशाख यता संक्रमित हुनेको संख्या ७१२० पुगेको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस