दाङ–सल्यान सडकखण्ड पूर्ण रुपमा अवरुद्ध


असार ०२, २०७८


दाङ। लगातारको वर्षा र पहिरोको कारण राप्ती लोकमार्ग अन्तर्गत दाङ– सल्यान सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । सल्यानको कपुरकोट ३ बस्वारी भन्ने स्थानमा झरेको पहिरोको कारण मंगलबार देखी नै सडक अवरुद्ध छ ।

ad

पहिरो हटाउने प्रयास गरिए पनि निरन्तर पानी परिरहेको र माथीबाट पहिरो झर्ने क्रम नरोकिएकाले सम्भव नभएको प्रहरीले जनाएको छ । सल्यान कपुरकोट देखी दाङ तुलसिपुर जोड्ने बैकल्पीक मोटरबाटोमा पनि ठाउँठाउँमा पहिरो झरेको छ ।

ad

कपुरकोट पाखापानी धैरेनी हुदै सातबास जोड्ने मोटरबाटो तथा कपुरकोट किमुचौर लामिडाँडा हुँदै सातबास जोड्ने मोटरबाटो पनि अवरुद्ध छ । कपुरकोट गाउँपालिकाका विभिन्न वडामा निर्माण गरिएका सडकहरु वर्षाका कारण अवरुद्ध बनेका छन् ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="