दाङमा आजदेखी कोरोना दोस्रो डोज खोप लगाईदै


असार ०६, २०७८


दाङ। दाङमा आज(आईतवार) देखी ६५ वर्ष मुनिका नागरिकलाई कोरोना भाईरस विरुद्धको दोस्रो डोज खोप लगाईने भएको छ ।

ad

सरकारले तोकेका लक्षित समुह अन्र्तगत ६५ वर्ष मुनिकालाई पहिलो डोज खोप लगाएको तर दोस्रो डोज लगाउन बाँकी रहेकालाई आजदेखी खोप दिन लागेको हो । सोहि अनुसार दाङका १० स्थानिय तहमा खोप अभियान सन्चालन गर्न लागीएको स्वास्थ्य सेवा कार्यालय दाङले जनाएको छ ।

ad

कार्यालयका अनुसार राप्ती प्रादेशिक अस्पताल तुलसीपुर , घोराही उपमहानगरपालिका, लमही अस्पता, लमही नगरपालिका, गढवा, राजपुर, राप्ती गाउँपालिकामा ६ र ७ गते, आधारभुत स्वास्थ्य ईकाई सेवा शान्तिनगर, बबई र दंगीशरणमा असार ६ गते कोरोना विरुद्धको दोस्रो डोज खोप प्रदान गरिने भएको छ । सरकारले लक्षित बर्ग अन्र्तगत स्वास्थ्यकर्मी ,सुरक्षाकर्मी ,पत्रकार ,जनप्रतिनिधि , कर्मचारी, एम्बुलेन्स चालक , सरसफाइ कर्मी लगाएत कोभिशील्ड को दोश्रो मात्रा लगाउन छुट भएकाले कोरोना भाईरस विरुद्धको खोपलगाउन पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="