दुधरासमा बृक्षारोपण कार्यक्रम सम्पन्न


असार ०६, २०७८


दाङ,कपिल लामिछाने ।
प्राकृतिक प्रकोपबाट हुने क्षतिको असरलाई मध्येनजर गर्दै आज एक कार्यक्रमको आयोजना गरी पृथली कुईरेसोता सिँचाई कृतिम जलाशय वरिपरि करिव २ सय बिरूवाहरु बृक्षारोपण गरिएको छ ।

ad

बृहत दाङ उपत्यका सिंचाई आयोजना मार्फत बनेको कृतिम जलाशयको अन्दाजी ३ बिघा क्षेत्रफलमा पृथली कुईरेसोता सिँचाई उपभोक्ता समिति, कात्तिके सामुदायिक रानी वनका करिव १ सय भन्दा बढि उपभोक्ताहरुको सहभागीतामा करिव बृक्षारोपण कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा वडा सदस्य धन बहादुर बस्नेतले प्राकृतिक जोखिमलाई कम गर्नका लागी यसरी प्रत्येक बर्ष बृक्षारोपन गर्न सकियो भने हाम्रो माटो अन्यत्र कतै बगेर नजाने र हामीले सधै स्वच्छ अक्सिजन पाउने भन्दै यस्तो कार्यलाई वडा नं १८ ले सधै प्राथमिकता राखेको कुरा उल्लेख गर्नुभयो ।

ad

कार्यक्रममा पृथली कुईरेसोता सिँचाई जल उपभोक्ता समितिका अध्यक्ष ज्ञान बहादुर बस्नेतले दिनहुँ भईरहेका रुख कटानीका कारण बातावरणमा परेको असरलाई मध्येनजर गर्दै हामीले यसरी बृक्षारोपन गरेको र आगामी दिनहरुमा पनि हामीले यसरी नै बातावरणको रक्षाका लागी यस्ता कदमहरु अगाडि बढाईरहने कुरा बताउनुभयो ।

उपभोक्ता समितिका अध्यक्ष ज्ञान बहादुर बस्नेतको अध्यक्षता एवम् तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का वडा सदस्य धन बहादुर बस्नेतको प्रमुख आथित्यतामा भएको बृक्षारोपन कार्यक्रम स्थानीय बुद्दिजिवी खिम बहादुर डाँगीको स्वागत मन्तब्यबाट सुरु भएको थियो भने कार्यक्रमको सहजिकरण कात्तिके सामुदायिक रानी बनका अध्यक्ष रेशम बहादुर बस्नेत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="