तुलसीपुरको बजेट ३ अरब ३९ करोड बढी


असार १०, २०७८


दाङ। तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ३ अरब ३९ करोड ९६ लाख १५ हजार रुपैँया बजेट सार्वजनिक गरेको छ ।
नगर सभाको नवौँ अधिवेशनको तेस्रो बैठकमा उपप्रमुख माया शर्माले ‘समृद्ध तुलसीपुर : सबैका लागि, सधैका लागि’ भन्ने मुल नाराका साथ आगामी आर्थिक वर्ष २०७८/०७९ को अनुमानित ३ अरब ३९ करोड ९६ लाख १५ हजार रुपैया बजेट सार्वजनिक गरेकी हुन् ।

ad

जसमा आन्तरिक स्रोतबाट ६० करोड, संघीय सरकारबाट प्राप्त हुने अनुदान र बाँडफाँटबाट २ अरब १७ करोड ९६ लाख १५ हजार, प्रदेश सरकारबाट प्राप्त हुने ९ करोड ७८ लाख १९ हजार र अन्य संघ संस्थाहरुबाट प्राप्त रकम २ करोड २५ लाख आय हुने अनुमान गरिएको छ ।
जसमा पुँजिगततर्फ नगर र वडास्तरीय पूर्वाधार विकास र अन्य ससर्त कार्यक्रम तथा विकास कार्यक्रमकालागि एक अरब ६२ करोड १६ लाख १६ हजारको अनुमानित बजेट बिनियोजन गरिएको छ ।

ad

उनले स्वास्थ्य, कृषि, रोजगार, गरिबी निवारण तथा शिक्षालाई प्राथमिकता दिएर वजेट विनियोजन गरेको बताइन् ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="