काठमाण्डौ । देशका धेरै ठाउँमा रातिदेखि पानी परेको छ । प्रदेश-१, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका केही ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भोलिदेखि मनसुन थप सक्रिय हुने भएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको तराई क्षेत्र नजिक रहेकाले भोलिदेखि मौसम सक्रिय भइ प्रदेश-१, प्रदेश-२, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पनि ठूलो वर्षा हुने महाशाखाको पूर्वानुमान छ । देशका धेरैजसो ठाउँमा ठूलो पानी पर्ने भएकाले पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहावको सम्भावनासमेत रहेको छ । नदी तथा खोलानालामा पानीको सतह बढ्ने र यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।
अहिले अलिअलि मात्र सक्रिय मनसुन भोलिदेखि देशको पूर्वी तथा मध्य भू–भागहरूमा सक्रिय भएर वर्षा हुने सम्भावना देखिएको वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताउनुभयो ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस