तुलसीपुर १८ बालमैत्री वडा बन्दै, मलेरिया र कालाजारबाट बच्न सरोकारवालासंग छलफल


असार १८, २०७८


दाङ। तुलसीपुर–१८ लाई बालमैत्री वडा बनाउनका लागि एक दिने अभिमुखिकरण गरिएको छ । 

ad

तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक बिकास शाखाको आयोजना तथा नगरस्तरिय बाल अधिकार समिति १८ नं वडाको समन्वयमा आज सरोकारवाला निकायहरु सँग छलफल तथा १ दिने अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

ad

वडालाई पुणर् रुपमा बालश्रम मु्क्त र बाल बिबाह मुक्त वडा घोषणा गर्न सरोकारवालाहरु सँग छलफल गरिएको हो । कार्यक्रममा बालबालीकाहरुको संरक्षणका अधिकार कसरी सुनिश्चित गर्ने, बालमैत्री नगर, बालमैत्री वडा बनाउदा आउन सक्ने चुनौती र त्यसलाई कसरी निराकार गर्ने भन्ने बिषयमा बिशेष छलफल गरिएको हो ।  

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाकि उपप्रमुख माया शर्मा आचार्यले बिगतमा के भए भन्दा पनि अब आगामी दिनहरुमा के गर्ने भन्ने कुरालाई प्राथमिकता दिँदै बालमैत्री नगर र वडा बनाउनका लागी हातेमालो गर्नुपर्ने जरुरी रहेको बताउनुभयो । 

हामीले चुनाबको बेलापनि भनेका थियौ बालश्रम बाल बिबाह समाजको लागी घातक हो यसको लागी हामीले बिशेष नियम बनाएर यसको रोकथाम गर्छौ भनेर आज त्यो पुरा भएको छ । मुलुकी ऐन २०७५ ले आज त्यो हामीले बोलेको कुरा प्रष्ट पारिदिएको भन्दै बालमैत्री वडा बनाउन सबैलाई सहयोग गर्न अनुरोध गर्नुभयो ।

कार्यक्रमको बिषयबस्तुको बारेमा प्रष्ट पार्दै नगर बाल अधिकार बिकास समितिका संयोजक  तथा तुलसीपुर उपमहानगरपालिका वडा नं ६ का वडा अध्यक्ष नवराज लामिछानेले तुलसीपुर उपमहानगरपालिका वडा नं ६ ले यो भन्दा २ बर्ष अघि नै बालश्रममुक्त वडा घोषणा गरिसकेको र हाल वडा नं १,२,१७ र १८ नं वडाले बालश्रममुक्त वडा घोषणा गर्न चासो देखाएकाले आबश्यक समन्वय गर्दै छलफल अघि बढाईएको कुरा ब्यक्त गर्नुभएको थियो ।

 कार्यक्रमका बारेमा महिला बालबालीका तथा सामाजिक बिकास शाखाकि प्रमुख माया श्रेष्ठले कति उमेर समुहका बालबालीकाहरुलाई कस्तो श्रममा लगाउने, बालश्रम के हो? यसका लागी आज सम्म भएका प्रगति बिवरणहरुको बारेमा जानकारी दिनुभएको थियो ।

 स्थानिय सरकार आउनुभन्दा अघि नेपालमा २६ लाख बालबालीकाहरु बालश्रममा भएको र हाल अहिले त्यसको आँकडा ११ लाखमा झरेको भन्दै यो आँकडा शुन्यमा ल्याउन जनचेतनामूलक कार्यक्रम गर्दै अघि बढिरहेको बताउनुभयो ।

कार्यक्रममा वडा नं १० का वडा अध्यक्ष कुमार लामिछानेले एकले थुकि सुकि सयले थुकि नदि भने झैँ बालबालीकाको हक र हितका लागी सम्पुणर् जनप्रतिनिधि मात्रै नभएर सबै सरोकारवाला निकाय अघि बढि यसलाई परास्त पार्न अघि बढ्नुपर्ने कुरामा जोड दिनुभयो ।

साथै सोहि कार्यक्रममा मलेरिया/डेङ्गु र कालाजार रोग नियन्त्रण गर्ने र खोजपताल गर्नका लागी टोल टोलमा प्रचारप्रसार तथा जनचेतनामूलक कार्यक्रम गर्ने निणर्य गरिएको थियो । 

तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का वडा अध्यक्ष माधव वलीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाकि उप-प्रमुख माया शर्मा आचार्यको प्रमुख आथित्यतामा भएको कार्यक्रम नगर स्वास्थ्य केन्द्र हेमन्तपुरका प्रमुख डिल्ली शर्माको स्वागत मन्तब्यबाट सुरु भएको थियो भने कार्यक्रमको सहजीकरण तुलसीपुर-१८ कि वडा सचिव रामकुमारी मरासिनीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="