दाङ। दाङको दश स्थानीय तहमा भेरोसिल खोपको दोस्रो मात्रा लगाइने भएको छ ।
जिल्लाका दशवटै पालिकामा कोरोना भाइरस विरुद्धको भेरोसिल खोपको दोस्रो मात्रा आज देखि लगाईने भएको हो ।
कोरोना भाइरस विरुद्धको भेरोसिल खोपको पहिलो मात्रा लगाएका ६२ देखि ६४ वर्ष उमेर समुहका जेष्ठ नागरिकहरुलाई दोस्रो मात्रा लगाउन लागेको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।
गत जेठ २५ र २६ गते पहिलो खोप लगाएका जेष्ठ नागरिकलाई भेरोसिल खोप लगाउन थालिएको होे । कार्यालयले जिल्लाको १० वटै स्थानीय तहमा ४८ वटा खोप केन्द्र तोकेको छ । खोप लगाउन आउदा पहिले लगाएको खोप कार्ड र स्वास्थ्य सुरक्षा मापदण्डको पालना अनिवार्य गर्नु पर्ने छ ।।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस