दाङ । राप्ती नदीमा आएको बाढीले नेपालकाे दोस्रो लामो पुलमा क्षति पुर्याएकाे छ । बाढीले पुलको छेउछाउमा क्षति पुर्याएपछि यातायात बन्द भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
लुम्बिनी प्रदेशको स्थायी राजधानीको केन्द्र तोकिएको राप्ती र गढवा गाउँपालिका जोड्ने पुलको लम्बाइ आठ सय ६० मिटर र चौडाइ साढे १० मिटर रहेको छ ।
पुलको २०७७ माघ १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएकाे थियाे ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस