दाङमा २० जनामा कोरोना संक्रमण पुष्टि


असार २७, २०७८


दाङ। दाङमा थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

ad

आइतबार राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ७५ जनाको पिसिआर परिक्षण गर्दा ११ जना महिला र ९ जना पुरुष गरि २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

ad

आज संक्रमण पुष्टि हुनेमा घोराहीका ११ जना, तुलसीपुरका ६ जना र राप्तीका ३ जना रहेको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्रले जानकारी दिएको छ । यो सँगै अहिले दाङमा सकृय बिरामीको संख्या एक सय ३८ जना पुगेको छ ।

आज दाङमा ३० जना कोरोनाका विरामी निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="