तुलसीपुर उपमहानगरले पेट्रोल पम्प चलाउने


श्रावण ०५, २०७८


दाङ । तुलसीपुर उपमहानगरपालिकाले पेट्रोल पम्प सञ्चालनमा ल्याउने भएको छ ।

तुलसीपुर उपमहानगरपालिका ५ को नयाँ बसपार्कमा पेट्रोल पम्प सञ्चालन हुने उपमहानगरपालिकाका सूचना अधिकारी बाबुराम न्यौपाने जानकारी दिए । त्यसका लागि नेपाल आयल निगमबाट स्वीकृती प्राप्त भइसकेको छ । पेट्रोल आपूर्ति तथा सञ्चालनको जिम्मा शारदा निमार्ण सेवा कम्पनीले लिएको छ ।

उपमहानगरपालिकाको २०७७ चैत २३ गते बसेको कार्यपालिका बैठकले पेट्रोल पम्प सञ्चालनकालागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो । छिट्टै सञ्चालन हुनु पर्ने भएपनि भनेको समयमा सञ्चालन हुन नसकेको बताए ।

तुलसीपुर उपमहानगरपालिकाले राजश्व संकलन र जनतालाई पेट्रोलियम पदार्थमा सहजता होस् भनेर सञ्चालनमा ल्याउन लागेको उनले जानकारी दिए । उक्त पेट्रोल पम्पमा डिजेल, पेट्रोल, मट्टितेल, उपलब्ध हुने छन् ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="