दाङमा थप १९ जनामा कोरोना पुष्टि


श्रावण १५, २०७८


दाङ। दाङमा आज थप १९ जनामा कोरोना पुष्टि भएको छ ।

ad

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ६० जनामा गरिएको पिसिआर जाँचमा १३ जना महिला र ६ जना पुरुषमा कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा घोराहीका ११ जना, तुलसीपुरका ७ जना, लमहीका १ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । त्यस्तै वितेको २४ घण्टामा दाङमा २७ जना कोरोना मुक्त भएका छन् ।

ad

आज कोरोना मुक्त हुनेमा घोराहीका २०, लमहीका ४, तुलसीपुरका २ र एक जना बबईका रहेका छन् । जिल्लामा सकृय विरामीको संख्या एक सय ३५ जना पुगेको छ । ति मध्य एक सय १२ जना घरमा, अक्सिजन सहितको उपचारमा १५ जना र आईसियूमा ८ जना रहेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="