दाङमा एकैदिन ४१ जनामा कोरोना पुष्टि


श्रावण ३१, २०७८


दाङ। दाङमा आईतवार मात्र ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ad

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा १ सय जनामा गरिएको पिसिआर परिक्षणमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा घोराहीका २८ , तुलसीपुर ६ , लमहीका ६ , र बबईका १ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

ad

आज थपिएकासंगै दाङमा अहिले सम्म सक्रिय बिरामीको संख्या १ सय ६५ पुगेको छ ।
यस्तै दाङमा १९ जना कोरोना मुक्त भएका छन् । कोरोना मुक्त हुनेमा घोराहीका ११ ,तुलसीपुरका २ र लमहीका र राप्तीमा ३/३ जना रहेका छन् ।

आज थपिएका ४१ संक्रमित सहित बैशाख यता कोरोना संक्रमित हुनेको संख्या ८ हजार ७ सय ५ जना रहेको छ भने ८ हजार ३ सय ३० जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="