after_navbar

जन्मदिनमा बिरूवा वितरण गर्दै लामिछाने


भदौ ०२, २०७८



कपिल लामिछाने,दाङ।
मान्छेहरुले आफ्नो जन्मदिनको अवसरमा कोहिले महङ्गो होटलमा गएर उत्सव मनाउछन् भने कसैले मिठो मिठो परिकार पकाएर आफ्नो जन्मोत्सव मनाउछन्।

तर बिगत ३ बर्षदेखि
युवा उद्यमी राजन लामिछानेले आफ्नो जन्मदिनको अवसरमा वातावरणको रक्षा गर्नका लागी बिभिन्न जातका बोटबिरुवाहरु बितरण गर्दै आईरहेका छन् ।
मंगलबार पनि देबा स:मिलका सञ्चालक युवा उद्यमी राजन लामिछानेले आफ्नो ३० ओै जन्मदिनको अवसरमा सिसौँ,टिक,मसला,कटहर,बकाईनो लगाएतका ४ सय बोटबिरुवा बितरण गरेका छन् ।

कोरोना रोगको बढ्दो संक्रमणलाई मध्येनजर गर्दै सामाजिक दुरी कायम गरि बोटबिरुवा वितरण गरिएको थियो । कार्यक्रममा सहभागीहरु मध्येबाट छरछरे खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष टोप बहादुर वली, देबिपुर टोल बिकास संस्थाका उपाध्यक्ष बिकास बस्याल, समाजसेवी तुलाराम भण्डारी ‘बारुद’ युवा समाजसेवी तथा खेलाडी राकेश परियार, समाजसेवी दामोदर शर्मा, लगाएतले यसरी जन्मदिनको अवसरमा बोटबिरुवा वितरण गरेर वातावरणको रक्षा मात्रै नभएर सिङ्गो मानव जातीको रक्षा भएको कुरा ब्यक्त गरेका थिए । कार्यक्रममा १ सय जना जतिलाई बोटबिरुवा बितरण गरिएको थियो ।

राजन लामिछानेको अध्यक्षता सम्पन्न बोटबिरुवा वितरण कार्यक्रम देबा स:मिलका सञ्चालक माधव कँडेलको स्वागत मन्तब्यबाट सुरु भएको थियो भने कार्यक्रमको सहजिकरण कपिल लामिछानेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

data-href="