दाङ। तुलसीपुरमा एकै घरका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार थपिएका १५ संक्रमीत मध्य १५ महिनाका शिशुदेखि ७० वर्ष उमेर समूहका रहेको तुलसीपुरका कोरोना फोकल पर्सन विमल केसीले जानकारी दिए ।
संक्रमीत मध्य तुलसीपुर १ का १ जना महिला, वडा नं. २ का ९ जनामध्यबाट ५ जना महिला र ४ जना पुरुष, वडा नं. ६ का २ जना पुरुष, वडा न. ७ का १ जना महिला, वडा नं. ११ का १ जना पुरुष र वडा नं. १४ का १ जना पुरुष रहेका छन् ।
त्यस्तै आज थपिएका संक्रमित सहित तुलसीपुरमा संक्रिय संक्रमितको संख्या ७८ पुगेको छ । मंगलबार संक्रमण पुष्टि हुनेमा ८ जना पुरुष र ७ जना महिला गरि १५ जना रहेका छन् ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस