दाङ। दाङमा मंगलबार थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ५० जनाको पिसिआर जाँच गर्दा १२ जना महिला र ३ जना पुरुषमा कोरोना पुष्टि भएको हो । संक्रमित हुनेहरुमा घोराहीका ७ जना, तुलसीपुर र लमहीका ३,३ जना र शान्तिनगरका २ जना रहेका छन् ।
अहिले सम्म दाङमा बैशाख यता कोरोना संक्रमित हुनेको संख्या ८ हजार ९ सय १० जना पुगेको छ । आज १३ जना कोरोना मुक्त भएका छन् । घोराहीका ९ जना र तुलसीपुरका ४ जना रहेका छन् । यो सहित जिल्लामा निको हुनेको संख्या ८ हजार ५ सय ११ रहेको छ भने मृत्यु हुनेको संख्या २ सय १० पुगेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस