दाङ । दाङमा कक्षा १२ को परीक्षा दिन लागेका विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप दिने तयारी थालीएको छ ।
यहि भदौ ३० गतेबाट परीक्षार्थीहरुले होम सेन्टरबाट नै परीक्षा दिन थालेका छन । यसका लागी तुलसीपुर क्षेत्रमा २ दिन खोप अभियान सञ्चालन गर्न लागीएको कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिनुभएको छ ।
जस अनुसार भदौ २७ गते गोरखा बोर्डिङ, पब्लिक ज्ञानज्योति , मावि अस्वारा,जन कल्याण मावि दूधरास,संस्कृत मावि विजौरी,मावि सेन्टर, जनश्रम मावि खाद्रेमा खोप लगाईने कोरोना फोकल पर्सन केसीले बताउनुभयो । यसैगरी २८ गतेका दिन तुलसी बोर्डिङ , लिटिल हेभन,मावि कालाखोला, अमर मावि उरहरी, ग्रेट अरनिको ,बालमितेरी भोजपुर,गुरु जजुर नमुना मावि, मावि भ्युडहर, महेन्द्र मावि ,राप्ती बबई ,हिमाल एकेडेमी, दाङ्ग भ्याली, मेरिगोल्डमा खोप अभियान सञ्चालन गरिने छ ।
१८ बर्ष पुगेका र १२ को परीक्षा दिने विद्यार्थीको लागि मात्रै खोप दिइने छ । खोप लगाउने व्यक्तिले अनिबार्य रुपमा प्रवेश पत्र लिनु पर्नेछ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस