डा.नवराज लम्सालको महाकाव्य ‘अग्नि’ सार्वजनिक


असोज १७, २०७८


काठमाण्डाै । साहित्यकार डा. नवराज लम्सालद्वारा लिखित ‘अग्नि’ महाकाव्य लोकार्पण गरिएको छ । राजनीतिक चिन्तक विश्वभक्त दुलाल आहुति, समालोचक डा रामप्रसाद ज्ञवाली र कवयित्री डा गीता त्रिपाठीले संयुक्तरुपमा महाकाव्यको लोकार्पण गर्नुभएको हो ।

ad

देशको राजनीति र इतिहासमा पछि परेका सीमान्तकृत वर्गसमुदायका पीडा र भोगाइका विषयवस्तु समेटिएको महाकाव्यमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाह, सेन राजा, मकवानपुर र जेठी तरबारको चर्चा गरिएको छ ।

ad

राज्यशक्तिको बलमा सीमान्तकृत समुदायलाई कसरी पीडा पुर्याउन सक्छन् लगायत घटनाका नालीबेली तथा त्यसबेलाको समाज, पात्र र प्रवृत्ति समेटेर तयार गरिएको महाकाव्यमा समाज शुद्धीकरण, कर्मका आधारमा व्यक्तित्व निर्माण र मुक्ति प्राप्त विषयमा ज्ञान दिन खोजिएको छ ।

पूर्वीय साहित्य अध्ययनमा विशेष दखल राख्नु हुने साहित्यकार लम्सालका यसअघि कर्ण र धरा नाम महाकाव्य प्रकाशित छन् । बुकहिल प्रकाशनले बजारमा ल्याएको गद्यमा लेखिएको महाकाव्य ४२ सर्ग छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="