दाङ। दाङको रझेनाबाट साढे चार लाख बढी नगदसहित जुवा खालबाट २०जना जुवाडे पक्राउ परेका छ्न । घोराही उपमहानगरपालिका–१४ रझेनामा आइतबार राति एक घरमा छापा मारेर प्रहरीले २० जुवाडे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका एसपि सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।
प्रहरीले साढे चार लाख नगद र जुवाडेले प्रयोग गरेका चारवटा कारहरू समेत नियन्त्रणमा लिएको उनले जानकारी दिए। रझेनाका २५ वर्षीय यज्ञ खड्काको घरमा अबैध रुपमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा पुगेको प्रहरी टोलीले छापा मारेर २० जना जुवाडेसहित चार लाख ६४ हजार ८८१ रुपैयाँ नगद बरामद भएको एसपी काफ्लेले बताए ।
कौडा खेली रहेको अवस्थामा जुवाको खालबाट पक्राउ पर्नेमा घोराही १५ का ५७ वर्षीय महावीर वली, घोराही १५ कै धुर्बराज केसी , पूर्ण चन्द अधिकारी रहेका छन् । रोल्पा रुन्टीगढी गाउँपालिका ४३ वर्षीय रुपलाल बिक, दाङको घोराही उपमहानगरपालिका १५ का ४२ वर्षीय यज्ञप्रताप बस्नेत, ५१ वर्षीय रामप्रसाद गिरी, २८ वर्षीय मानबहादुर बुढा मगर, ५० वर्षीय रगेन्द्र श्रेष्ठ, घोराही १४ का २९ वर्षीय लालबहादुर अमल, घोराही १५ का ५७ वर्षीय शरद लामिछाने, घोराही १२ का ५२ वर्षीय कुलराज वली रहेका छन्।
त्यस्तै घोराही ५ का ५७ वर्षीय नवीन पछाइ, घोराही १५ का ५२ वर्षीय चेतनाथ धिताल, ४६ वर्षीय सुवास धिताल, ४२ कै प्रमोद गौतम, घोराही १९ का ५६ वर्षीय ईश्वर रायमाझी, घोराही १६ का ३४ का रवि गिरी, घोराही १८ का ४९ वर्षीय समिर लामा, घोराही १४ का २५ वर्षीय यज्ञ खड्का र घोराही १४ का २४ वर्षीय कमल घर्ती रहेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकाविरुद्ध जुवा ऐन अन्तर्गत मुद्दा दायर गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउने प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस